बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भानुभक्तको सालिक निर्माण विवाद : आज मेयरको फोटोसहित विरोध प्रदर्शन गरिने

आइतबार, १७ वैशाख २०८०, १७ : ५२
आइतबार, १७ वैशाख २०८०

जनकपुरधाम । जनकपुरधामस्थित भानुचोकमा भानुभक्तको सालिक निर्माण गर्ने निर्णयको विरोधमा आज (आइतबार) पनि युवाहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।

भानुचोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण गर्न माग गर्दै शुक्रबारदेखि नै युवाहरूले प्रदर्शन गरिरहेका हुन् । 

उनीहरूले भानुचोकमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा शनिबार भानुभक्तको सालिक निर्माण गर्न आयोजना गरेको शिलान्यासको कार्यक्रमलाई पनि विरोध गर्दै प्रभावित पारेका थिए । विरोधका बाबजुद कडा सुरक्षाका बीच मेयरले शिलान्यास गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले शनिबार शालिक निर्माणका लागि शिलान्यास गरेपनि सर्वदलीय सहमतिको आधारमा मात्रै निर्माण कार्य अगाडी बढाउने बताएका थिए । 

तर, आइतबार बैठक बस्ने बताए पनि हालसम्म आन्दोलनरत युवाहरूलाई बैठकसम्बन्धी केही जानकारी नगराएपछि उनीहरूले आज पनि प्रदर्शनलाई जारी राख्ने बताएका छन् ।

आन्दोलनरत युवाहरूले आज साँझ ६ बजे मेयरको फोटोसहित भानुचोकमा प्रदर्शन गर्ने जनाएका छन् । 

उनीहरूले आज प्रदर्शन गर्दै आन्दोलनलाई थप सशक्त बनाउन १० दिने आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य बलिराम कापडीले बताए । 

लोकतान्त्रिक युवा संघ, समाजवादी युवा संघ तथा लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप