भानुभक्तको सालिक निर्माण विवाद : आज मेयरको फोटोसहित विरोध प्रदर्शन गरिने
जनकपुरधाम । जनकपुरधामस्थित भानुचोकमा भानुभक्तको सालिक निर्माण गर्ने निर्णयको विरोधमा आज (आइतबार) पनि युवाहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।
भानुचोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण गर्न माग गर्दै शुक्रबारदेखि नै युवाहरूले प्रदर्शन गरिरहेका हुन् ।
उनीहरूले भानुचोकमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा शनिबार भानुभक्तको सालिक निर्माण गर्न आयोजना गरेको शिलान्यासको कार्यक्रमलाई पनि विरोध गर्दै प्रभावित पारेका थिए । विरोधका बाबजुद कडा सुरक्षाका बीच मेयरले शिलान्यास गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले शनिबार शालिक निर्माणका लागि शिलान्यास गरेपनि सर्वदलीय सहमतिको आधारमा मात्रै निर्माण कार्य अगाडी बढाउने बताएका थिए ।
तर, आइतबार बैठक बस्ने बताए पनि हालसम्म आन्दोलनरत युवाहरूलाई बैठकसम्बन्धी केही जानकारी नगराएपछि उनीहरूले आज पनि प्रदर्शनलाई जारी राख्ने बताएका छन् ।
आन्दोलनरत युवाहरूले आज साँझ ६ बजे मेयरको फोटोसहित भानुचोकमा प्रदर्शन गर्ने जनाएका छन् ।
उनीहरूले आज प्रदर्शन गर्दै आन्दोलनलाई थप सशक्त बनाउन १० दिने आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य बलिराम कापडीले बताए ।
लोकतान्त्रिक युवा संघ, समाजवादी युवा संघ तथा लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण