शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बजेट कटौती गरेकोमा मन्त्री भुसालको आपत्ति

आइतबार, १७ वैशाख २०८०, १८ : ४६
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे पनि अर्थतन्त्र सङ्कटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।

उनले भने, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ । कृषिको त नकाटौँ न भनेको के गर्नु खोइ, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिँचाइको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ । १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ । सरकार कुनै न कुनै हिसाबले यो जमिन प्रयोग गर्नुपर्ने भन्नेमा जान खोजिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप