लाइफलाइन सकडको बिजोग- १८ घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन
धादिङ । पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।
भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थाइ रूपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।
यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन कठिनाइ भएको थियो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेंसी, आदमघाट लगायतका प्रहरी चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आए पनि मंगलबार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण