मेट गालाको रेड कार्पेटमा हलिउड सेलिब्रिटीदेखि आलिया–इशा अम्बानीसम्म देखिए प्रबल गुरुङको डिजाइनमा
फेसनको महाकुम्भ भनिने मेट गाला सुरु भइसकेको छ । यस वर्षको मेट गाला मे दिवसका दिनदेखि सुरु भएको हो ।
न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युट’ का लागि रकम सङ्कलन गर्न आयोजना हुने मेट गालामा हरेक वर्ष छुट्टै थिम हुन्छ । यसपटकको मेट गालाको थिम ‘कार्ल लेगरफिल्ड’ हो । विवादास्पद फेसन डिजाइनर कार्ललाई श्रद्धाञ्जली दिनका लागि यस वर्षको थिम उनकै नाममा राखिएको हो ।
मेट गालाको रेड कार्पेट सोमबार आयोजना भयो । उक्त अवसरमा हलिउडलगायत बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिति रह्यो । विभिन्न डिजाइनरको पहिरनमा सेलिब्रिटी एकसे एक देखिए । यसपटकको मेट गालाको रेड कार्पेटमा नेपाली मूलका अमेरिकी डिजाइनर प्रबल गुरुङका पहिरनको व्यापक चर्चा भयो ।
प्रबलको डिजाइनमा बलिउड अभिनेत्री आलिया भट्ट, भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानीलगायतका सेलिब्रिटी रेड कार्पेटमा उत्रिए ।
आलिया भट्टले लगाएको सेतो पहिरनमा एक लाख मोती जडान गरिएको विश्वविख्यात डिजाइनर प्रबलले बताएका छन् । प्रबलको डिजाइनलाई आलियाले निकै ‘ग्रेस’ का साथ पहिरेकी थिइन् ।
यस्तै, इशा अम्बानीले ‘ब्ल्याक स्याटिन–ब्ल्याक क्रेप सारी गाउन’ लगाएकी थिइन् । इशाले लगाएको सारी गाउनमा क्रिस्टल र मोती जडित छन् । इशा उक्त पहिरनमा निकै आकर्षक देखिएकी थिइन् ।
यस्तै, अमेरिकी मोडल क्वाना चेसिङहोर्स, अनोक याई, अमेरिकी नायिका केल्से एस्बिल, अमेरिकी लेखक क्विन्टा ब्रुनसन, न्युजिल्याण्डका फिल्म निर्माता ताइका वाइतितीलगायत प्रबल गुरुङको डिजाइनमा रेड कार्पेटमा देखिए ।
प्रबलको डिजाइनले नेपाललगायत विश्वका विभिन्न देशमा चर्चा बटुलिरहेको छ । यसमा धेरैले प्रशंसा गरिरहेका छन् ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण