बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मेट गालाको रेड कार्पेटमा हलिउड सेलिब्रिटीदेखि आलिया–इशा अम्बानीसम्म देखिए प्रबल गुरुङको डिजाइनमा

बुधबार, २० वैशाख २०८०, ११ : १९
बुधबार, २० वैशाख २०८०

फेसनको महाकुम्भ भनिने मेट गाला सुरु भइसकेको छ । यस वर्षको मेट गाला मे दिवसका दिनदेखि सुरु भएको हो । 

न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युट’ का लागि रकम सङ्कलन गर्न आयोजना हुने मेट गालामा हरेक वर्ष छुट्टै थिम हुन्छ । यसपटकको मेट गालाको थिम ‘कार्ल लेगरफिल्ड’ हो । विवादास्पद फेसन डिजाइनर कार्ललाई श्रद्धाञ्जली दिनका लागि यस वर्षको थिम उनकै नाममा राखिएको हो । 

मेट गालाको रेड कार्पेट सोमबार आयोजना भयो । उक्त  अवसरमा हलिउडलगायत बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिति रह्यो । विभिन्न डिजाइनरको पहिरनमा सेलिब्रिटी एकसे एक देखिए । यसपटकको मेट गालाको रेड कार्पेटमा नेपाली मूलका अमेरिकी डिजाइनर प्रबल गुरुङका पहिरनको व्यापक चर्चा भयो । 

प्रबलको डिजाइनमा बलिउड अभिनेत्री आलिया भट्ट, भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानीलगायतका सेलिब्रिटी रेड कार्पेटमा उत्रिए । 

आलिया भट्टले लगाएको सेतो पहिरनमा एक लाख मोती जडान गरिएको विश्वविख्यात डिजाइनर प्रबलले बताएका छन् । प्रबलको डिजाइनलाई आलियाले निकै ‘ग्रेस’ का साथ पहिरेकी थिइन् । 

यस्तै, इशा अम्बानीले ‘ब्ल्याक स्याटिन–ब्ल्याक क्रेप सारी गाउन’ लगाएकी थिइन् । इशाले लगाएको सारी गाउनमा क्रिस्टल र मोती जडित छन् । इशा उक्त पहिरनमा निकै आकर्षक देखिएकी थिइन् ।

यस्तै, अमेरिकी मोडल क्वाना चेसिङहोर्स, अनोक याई, अमेरिकी नायिका केल्से एस्बिल, अमेरिकी लेखक क्विन्टा ब्रुनसन, न्युजिल्याण्डका फिल्म निर्माता ताइका वाइतितीलगायत प्रबल गुरुङको डिजाइनमा रेड कार्पेटमा देखिए ।

प्रबलको डिजाइनले नेपाललगायत विश्वका विभिन्न देशमा चर्चा बटुलिरहेको छ । यसमा धेरैले प्रशंसा गरिरहेका छन् । 

alia bhattaalia bhatta1alia bhatta2alia bhatta3alia bhatta4

alia bhatta5anok yaianok yai1anok yai2Capture

isha ambaniisha ambani1isha ambani2isha ambani3isha ambani4

kelsey asbillekelsey Asbille1Quannah ChasinghorseQuannah Chasinghorse1Quinta Brunson

Quinta Brunson1Rita OraRita Ora1Rita Ora2taika waitititaika waititi1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप