एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैले मन्त्रिपरिषद् बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानमा पूर्वाधारको विकास गर्ने निणर्य गरेको छ । बैठकले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कीर्तिपुर क्रिकेट रंगशालाको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कीर्तिपुर मैदानमा मंगलबार सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा नेपालले चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटले हराउँदै उपाधि चुमेको थियो । प्रिमियर कपको विजेता बनेसँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको थियो ।
एसिया कप क्रिकेट आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ । एसिया कपमा नेपाली टोली दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने एसिया कप ५० ओभरको एकदिवसीय प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण