एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैले मन्त्रिपरिषद् बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानमा पूर्वाधारको विकास गर्ने निणर्य गरेको छ । बैठकले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कीर्तिपुर क्रिकेट रंगशालाको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कीर्तिपुर मैदानमा मंगलबार सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा नेपालले चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटले हराउँदै उपाधि चुमेको थियो । प्रिमियर कपको विजेता बनेसँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको थियो ।
एसिया कप क्रिकेट आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ । एसिया कपमा नेपाली टोली दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने एसिया कप ५० ओभरको एकदिवसीय प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’