शरणार्थीको नाममा ठग्नेहरूको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ
काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरुको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ परेका छन् । पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले सचिव पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । अनुसन्धानबाट पूर्व गृह सचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूले पूर्व सचिव महेश्वर न्यौपानेसँग पनि कुरा भएको बताएका छन्, सो ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको छ ।’
सचिव पाण्डे २०७९ भदौमा गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा सरुवा भएका थिए । पाण्डेले भने पक्राउ परेकाहरु आफ्नो सम्पर्कका मानिस नभएको दाबी गर्दै आएका छन् । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ ।
यो प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । नेपालीलाई शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा ४१ करोडभन्दा बढी ठगी भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण