घट्यो सेयर बजार, कारोबार रकम झनै खुम्चियो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ । यसक्रममा कारोबार रकम झनै खुम्चिएको छ । परिसूचक ९ अंकले घटेको दिन आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यसबाहेक १५६ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ । परिसूचक घटेको दिन आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.०९ प्रतिशतको र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । यस्तै,आज एनआईएमबीएल ग्रोथ फण्डको सेयर मूल्य ५.३५ प्रतिशतले खुम्चिएको छ । परिसूचक घटेको दिन कारोबार भएकामध्ये २ वटा समूहमा बाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक र म्यूचुअल फण्ड समूहबाहेक सबै समूहमा गिरावट आएको हो । आज सबैभन्दा धेरै सेयर कारोबार सिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण