शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : मन्त्रीले युवकलाई कुटेको भिडियो भाइरल

बुधबार, २० वैशाख २०८०, १५ : ५२
बुधबार, २० वैशाख २०८०

भारतको उत्तराखण्डमा भारतीय जनता पार्टीका क्याबिनेट मन्त्री प्रेमचन्द्र अग्रवालको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा मन्त्री अग्रवालले एक युवकलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । 

मन्त्रीसँगै उनका सुरक्षाकर्मी र अन्य व्यक्तिले एक जना युवकलाई कुटिरहेको भिडियोमा देखिएको छ । ऋषिकेश सहरमा सडकको बीचमा भएको यो झडपका सम्बन्धमा राज्यका सहरी विकास मन्त्री प्रेम चन्द अग्रवालले एक कार्यक्रममा जाँदा सुरेन्द्र सिंह नामका व्यक्तिले आफूमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको बताए ।

प्रेम चन्द अग्रवालले उक्त व्यक्तिले आफूलाई लगातार दुर्व्यवहार गरेको दाबी गरेका छन् । उनले भने, ‘मेरा सुरक्षाकर्मीले गाली गर्दा पनि उनी मानेनन् । उनले मेरो कुर्तामा हात छिराएर च्यातिदिए ।’

‘उनले मेरो सुरक्षाकर्मीले रोक्दासमेत उनलाई हात हाल्ने कोसिस गरे र मलाई आक्रमण गर्न ढुङ्गा उठाउन दौडिए । त्यसपछि मेरो सुरक्षाका लागि यस्तो गरिएको हो ।’ यो भिडियो भाइरल हुने बित्तिकै मन्त्री प्रेम चन्द अग्रवालविरुद्ध विपक्षी दलले आक्रामक व्यवहार अपनाएका छन् ।

कांग्रेस नेता सूर्यकान्त धस्मानाले तिखो प्रतिक्रिया दिँदै भने, ‘भाजपा नेता र मन्त्री सत्ताको नशाले चुर छन् ।’

उनले उत्तराखण्डमा प्रेम चन्द अग्रवालले लगातार सर्वसाधारणमाथि दुर्व्यवहार गर्दै आएको आरोप लगाए । मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्त्री प्रेमचन्दविरुद्ध कारबाहीको माग गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप