१ लाख घुससहित काठमाडौँको गोकर्णेश्वरबाट तीनजना पक्राउ
बुधबार, २० वैशाख २०८०, १७ : १०
काठमाडौँ । १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरी परेको थियो ।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । यस्तै उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण