पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन एमाले सचिव एवं सासंद टोपबहादुर रायमाझी बुधबार करिब १२ बजे कार्यक्रममा पुगे । सभामुख देवराज घिमिरे पनि कार्यक्रममा आएका थिए ।
अतिथि आसनग्रहण, विद्याललाई सहयोग गर्ने सहयोगी चन्दा दाताको नाम सार्वजनिक र विद्यालयको तर्फबाट स्वागत मन्तव्य अनि त्यहाँका कलासहितको झाकी प्रस्तुति गरेपछि रायमाझीलाई पक्राउ पुर्जी जारी भन्ने समाचार सार्वजनिक भयो । रायमाझीलाई कसैले पक्राउ पुर्जी जारी भएको सुनायो ।
आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व। रामलाल ज्ञवाली र स्व। नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य श्रीमती कल्पना ज्ञवाली र छोरा विश्वमणि ज्ञवालीलाई सभामुख देवराज घिमिरे र रायमाझीको हालबाट प्रमाणपत्र प्रदान गरियो ।
रायमाझीले करिब ८ मिनेट भाषण गरे । जिल्लाको बसाइँसराइ रोकथाम अबको एजेन्डा आफ्नो हुने बताए । सभामुख देवराज घिमिरेले कार्यक्रम सम्बोधन गरे र शैक्षिक सुधारका लागि सबै तह लाग्नुपर्ने विषयमा जोड दिए । सभामुखले पनि धेरै बोलेनन् । हतारहतार सभामुख घिमिरेसँगै रायमाझी सन्धिखर्क झरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण