केन्द्रीय कमिटीअघि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।
एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षासहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण