मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको विज्ञापन नीतिप्रति आनको असहमति

शुक्रबार, २२ वैशाख २०८०, १४ : ०६
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौं । सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन) ले असहमति जनाएको छ । आनका अध्यक्ष सोमप्रसाद धितालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको विज्ञापनि नीतिप्रति आफ्नो असहमति ब्यक्त गरेको हो ।

‘विज्ञापन क्षेत्रमा पनि केही विकृति÷विसंगति छन् । यसको न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा विज्ञापन आचारसंहिता—२०७९ पनि जारी भएको छ । यो आचारसंहिता लागू हुन नपाउँदै एकाएक कुनै पक्षको बहकाव, झुकाव तथा दबाबमा गैरजिम्मेवार ढंगबाट सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने भन्ने बेहोराको क्याबिनेट निर्णय आएको छ । २०८० वैशाख २० गतेको यो निर्णयको आन घोर भत्र्सना गर्दछ,’ आनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खुला बजार अर्थनीति, उपभोक्ताको वस्तु वा सेवाको छनोटको अधिकार र सार्वजनिक खरिद ऐनको प्रावधान विपरित विज्ञापन नीति ल्याउन खोजिएको आरोप पनि आनले लगाएको छ ।

‘विज्ञापन चक्रको एक महत्वपूर्ण पक्ष भएकाले आन विज्ञापन क्षेत्रमा विद्यमान विसङ्गति हटाउने कार्यका लागि सरकार तथा सम्बन्धित मन्त्रालयबाट लिइने कुनै पनि कदममा हातेमालो गर्न तयार छ । तर, समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य छैन । त्यसैले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्दछौँ । अन्यथा आन विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी यसै विज्ञप्तिमार्फत गराउन चाहन्छ,’ आनले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप