राजेशको 'वनमारामा' इकु र स्मारिका
शनिबार, २३ वैशाख २०८०, ०७ : १९

काठमाडौँ । गायिका मेलिना राई र गायक राजेश राईको स्वर रहेको 'वनमारा' बोलको गीतको भिडियो रिलिज गरिएको छ । दुर्लभ जन्तरेको शब्द, शङ्कर थापा स्माइलको सङ्गीत, उदय राज पौडेलको एरेन्ज तथा अशोक मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो डान्सिङ शैलीमा तयार पारिएको छ ।
भिडियोमा हाँस्यकलाकार सुलेमान शङ्कर इकु, भिमफेदी गाइज र स्मारिका ढकालको अभिनय रहेको छ । मायालुलाई फकाउन प्रेमीले देखाउने अनेक आशालाई निर्देशक निर्मल कुमार लामाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
भिडियोको छायाङ्कन , सम्पादन र कलरिङ पवन सुसलिङले गरेका हुन् । गायक राजेशले यसअघि पिर लाग्छ, ताडियो तोडियो, जिउन गाह्रो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !
-
‘यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ’
-
जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित