अदालत
जनमत पार्टीका कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश
आइतबार, ०४ जेठ २०८२, १७ : ४६
सारांश
- ललितपुर जिल्ला अदालतले जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
- यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा डा. शरदसिंह यादवले जाहेरी दिएका थिए, जसका कारण उनी पक्राउ परेका थिए।
- अदालतले यादवकी श्रीमती ललिता कुमारी यादवलाई पक्राउ नगर्न आदेश दिएको छ।
काठमाडौँ । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिए ।
कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती ललिता कुमारी यादवविरुद्ध पनि पक्राउ पुर्जी भएकोमा अदालतले ललिताकुमारीलाई पक्राउ नगर्न आदेश गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण