आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

जनमत पार्टीका कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश

आइतबार, ०४ जेठ २०८२, १७ : ४६
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • ललितपुर जिल्ला अदालतले जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
  • यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा डा. शरदसिंह यादवले जाहेरी दिएका थिए, जसका कारण उनी पक्राउ परेका थिए।
  • अदालतले यादवकी श्रीमती ललिता कुमारी यादवलाई पक्राउ नगर्न आदेश दिएको छ।

काठमाडौँ । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । 

यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिए ।

कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती ललिता कुमारी यादवविरुद्ध पनि पक्राउ पुर्जी भएकोमा अदालतले ललिताकुमारीलाई पक्राउ नगर्न आदेश गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप