सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी

समाचार सारांश
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुपारी आयातबाट २५ अर्ब राजश्व संकलन हुने दाबी गरे।
- मन्त्री भण्डारीले कच्चा पदार्थको रूपमा सुपारी आयात गर्न कानून संशोधन गरिएको र यसबाट राजश्व संकलन हुने बताए।
- मन्त्रीले स्वदेशी सुपारी निकासी र डीएनए परीक्षणको समस्याबारे पनि जानकारी दिए, जसले किसानलाई असर गरेको छ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुपारी आयातबाट २५ अर्ब बराबरको राजश्व संकलन हुने दाबी गरेका छन् ।
आइतवार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै मन्त्री भण्डारीले ठूलो परिमाणमा राजश्व संकलन हुने भएकाले कानून सशोधन गरेर आयात अनुमति दिइएको बताए । उनले कच्चा पदार्थको रुपमा आउने सुपारीबाट २५ अर्बको आसपासमा राजश्व आउने दाबीसमेत गरे । उनले सर्वोच्च अदालतको फैसला बमोजिम निर्णय गर्न समितिलाई आग्रह गरे ।
व्यापारिक प्रयोजनका लागि नभएर औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन दिएकाले त्यसको चेकजाँच लगायतबारे समितिले आवश्यक निर्देशन दिनेमा आफू ढुक्क भएको बताए ।
उनले विभिन्न कानूनी अड्नका कारण स्वदेशी उत्पादन सुपारी निकासी गर्न नसकिएको भन्दै सुपारीको डीएनए परीक्षण सम्भव नभएको र यसबाट लामो समयदेखि किसान समस्यामा रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य