सुन बरामद
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
आइतबार, ०४ जेठ २०८२, १७ : ४२
काठमाडौँ । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम ग्राम भएको पुष्टि भएको छ ।
तर, सुन यकिन गर्नको लागी परिक्षण गर्ने काम बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘सुन यकिन गर्नको लागी परिक्षण गर्न पठाउँछौं, अहिले परिक्षण गरिएको अवस्था छैन् ।’
स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो ।
डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण