सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
सुन बरामद

अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि

आइतबार, ०४ जेठ २०८२, १७ : ४२
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा  प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम ग्राम भएको पुष्टि भएको छ । 

तर, सुन यकिन गर्नको लागी परिक्षण गर्ने काम बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘सुन यकिन गर्नको लागी परिक्षण गर्न पठाउँछौं, अहिले परिक्षण गरिएको अवस्था छैन् ।’

स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो । 

डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप