बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : २० अङ्कले घट्यो, ३ अर्बको कारोबार

शनिबार, २३ वैशाख २०८०, ११ : १२
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २० अङ्कको गिरावट आएको छ । गत साता १८८९ बिन्दु अङ्कबाट कारोबार सुरु भएको नेप्से परिसूचक १.०६ प्रतिशते खुम्चेसँगै १८६९ अङ्कमा आइपुगेको छ ।

साताको ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ३ दिन ओरालो लागेको थियो । साताको अन्तिम दिन अर्थात् बिहीबार १२ अङ्कले बढ्नुबाहेक अन्य सबै दिन नेप्से ओरालो लागेको हो ।

साताको आइतबार १९ अङ्कले घटेको थियो भने मंगलबार ४ अङ्कले घटेको थियो । यस्तै, बुधबार नेप्से परिसूचक ९ अङ्कले घटेको थियो । सोमबार भने श्रमिक दिवस परेकाले कारोबार बन्द भएको थियो ।

यो साता नेप्से परिसूचकसँग कारोबार रकम पनि खुम्चिएको छ । साताभरमा ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दैनिक औसत ७५ करोड रुपैयाँको कारोबार हो । यस्तै, यो साता नेप्सेको बजार पुँजीकरण समेत घटेको छ । बजार पुँजीकरण १ प्रतिशतले घटेसँगै २७ खर्ब २४ अर्ब रुपैयाँमा आइपुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप