साताको सेयर बजार : २० अङ्कले घट्यो, ३ अर्बको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २० अङ्कको गिरावट आएको छ । गत साता १८८९ बिन्दु अङ्कबाट कारोबार सुरु भएको नेप्से परिसूचक १.०६ प्रतिशते खुम्चेसँगै १८६९ अङ्कमा आइपुगेको छ ।
साताको ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ३ दिन ओरालो लागेको थियो । साताको अन्तिम दिन अर्थात् बिहीबार १२ अङ्कले बढ्नुबाहेक अन्य सबै दिन नेप्से ओरालो लागेको हो ।
साताको आइतबार १९ अङ्कले घटेको थियो भने मंगलबार ४ अङ्कले घटेको थियो । यस्तै, बुधबार नेप्से परिसूचक ९ अङ्कले घटेको थियो । सोमबार भने श्रमिक दिवस परेकाले कारोबार बन्द भएको थियो ।
यो साता नेप्से परिसूचकसँग कारोबार रकम पनि खुम्चिएको छ । साताभरमा ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दैनिक औसत ७५ करोड रुपैयाँको कारोबार हो । यस्तै, यो साता नेप्सेको बजार पुँजीकरण समेत घटेको छ । बजार पुँजीकरण १ प्रतिशतले घटेसँगै २७ खर्ब २४ अर्ब रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण