शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजार

सातामा २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शनिबार, २३ वैशाख २०८०, ११ : १७
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ थियो । जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन ।

यो साताको आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २०० रुपैयाँले घटेको थियो । तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो ।

यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ । गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप