बालिका बलात्कार आरोपमा दुई जना पक्राउ
शनिबार, २३ वैशाख २०८०, १२ : ५२
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण