‘विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ सम्पन्न
काठमाडौँ । ‘तेह्रौँ विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ शुक्रबार बेलुकी काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा सम्पन्न अवार्डमा गीतसङ्गीतमा अमूल्य योगदान पु¥याएबापत सङ्गीतकार तथा प्रशिक्षक प्रकाश गुरुङलाई रु एक लाखसहित ‘विन्ध्यवासिनी दीर्घसाधना सम्मान २०७९’ बाट सम्मान गरिएको छ ।
यस्तै गायिका सुकमित गुरुङलाई ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०७९’बाट रु ५० हजारसहित र लोकगायक झलकमान गन्धर्वका नाममा यसै वर्ष स्थापित ‘झलकमान लोक सङ्गीत सम्मान २०७९’ बाट गायक बद्री पङ्गेनीलाई रु २५ हजारसहित सम्मान गरिएको छ । समारोहमा ख्यातिप्राप्त गायक स्व प्रेमध्वज प्रधानका नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९’ बाट गायक तथा सङ्गीतकार भवीन ढुङ्गाना र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ बाट सञ्चारकर्मी नरेश भट्टराईलाई रु २५ हजारसहित सम्मानित गरियो ।
समारोहमा गीतकार दिपीका रिमाल थापा (छुटेपछि त छुट्यो), सुगम सङ्गीततर्फ गायन पुरुषतर्फ गायक रुपक डोटेल (तिमी बिना), गायन महिलातर्फ गायिका जुनु रिजाल (न दोष तिम्रो), सङ्गीततर्फ इश्वर अमात्य (अघि बढे), गीतकारतर्फ बी पाण्डे (झुम्के बुलाकी) र महिला गीतकारतर्फ प्रभा बर्तौला (एउटा कथा) ले अवार्ड जित्न सफल भए ।
यस्तै पप गीतसङ्गीततर्फ गायन पुरुष सञ्जीव सिंह (आधा रातमा), गायन युगलतर्फ हिमाल सागर र अनु चौधरी (ए होर माया), एरेञ्जरतर्फ साहस शाक्य (साथले तिम्रो) ले अवार्ड जिते । यस्तै लोकदोहोरी गीतसङ्गीततर्फ गायन पुरुष विक्रम परियार (पाखे), गायन महिलातर्फ सुनिता बुढा क्षेत्री (रुँदै रुँदै नौतुना रेलैमा), भिडिओ निर्देशनतर्फ स्मृति तिमल्सिना (मकै पिस्ने जाँतो), दोहोरी भाकातर्फ सङ्गीतकार सन्तोष केसी (गुल्मेली हुम कर), भिडिओ मोडल रुबिना अधिकारी, लोमस शर्मा (बिउरियो दुईदिने चोला) र गीतकार घनश्याम रिजाल (शून्य भयो डाँडैको चौर) ले अवार्ड जिते ।
यस्तै आधुनिक गीतसङ्गीतको भिडिओमा मोडलतर्फ कुमारी बराइली र बिमल अधिकारी (दिलको डायरीमा), भिडिओ निर्देशनतर्फ रामजी लामिछाने (एउटा कथा), भिडिओ सम्पादन प्रवीण भट्ट (पिर) र छायाँकारतर्फ अजय रेग्मी (सरानकोटको डाँडैमा) लाई अवार्ड प्रदान गरिएको थियो । आयोजक संस्था फाउन्डेसनकी अध्यक्ष लीना शर्माले गीतसङ्गीतमा जीवन समर्पण गरेकालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अवार्ड प्रदान गर्ने गरिएको बताइन् । उनले भिनन्, “हामीले कामको मूल्याङ्कनसँगै हौसला मिलोस् भनेर सुरु गरेको अवार्डको तेह्रौँ संस्करण सम्पन्न भएको छ, हामी अझै परिपक्व हुँदै अगाडि बढिरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण