हिमपहिरोमा जुम्लाका तीन जना बेपत्ता
शनिबार, २३ वैशाख २०८०, २१ : ४९

मुगु । हिमपहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् ।
जुम्लाको पातारासि गाउँपालिका२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।
उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको उनले जानकारी दिए । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको जनाइएको छ । भौगोलिक अवस्थाले उद्धारमा समस्या देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस