सभामुख घिमिरेले सुनाए सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएको सूचना
आइतबार, २४ वैशाख २०८०, १७ : ४७
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएको बारे जानकारी गराए ।
यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो ।
निलम्बित सांसद कोइरीमाथि ७ वर्षअघि भएको मधेस आन्दोलनमा सशस्त्र प्रहरी थमन विकको हत्या अभियोग लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण