सभामुख घिमिरेले सुनाए सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएको सूचना
आइतबार, २४ वैशाख २०८०, १७ : ४७

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएको बारे जानकारी गराए ।
यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो ।
निलम्बित सांसद कोइरीमाथि ७ वर्षअघि भएको मधेस आन्दोलनमा सशस्त्र प्रहरी थमन विकको हत्या अभियोग लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
-
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?
-
उस्तै थिए उनी