'माननीय सकिएपछि भुटानी शरणार्थी बन्न जाने हो कि'
आइतबार, २४ वैशाख २०८०, १७ : ५८
काठमाडौँ । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भुटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् ।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले माननीय सकिएको दिनबाट आफू पनि भुटानी शरणार्थी बन्न जाने हो कि ? भन्दै व्यङ्ग्य गरे ।
उनले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले माया गरेको नभई सचिवहरू जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गरे । उनले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए । उनले दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए ।
सदस्य रायमाझीले दोषीमाथि कानूनअनुसार कारबाही हुनुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण