मधेस प्रदेश सरकारको बारेमा सोमबार टुंगो लाग्ने
काठमाडौँ । मधेस प्रदेश सरकारको बारेमा सत्ता गठबन्धनको बैठकले भोलि सोमवार टुंगो लगाउने भएको छ ।
वर्तमान सत्ता गठबन्धनअनुसार मधेस प्रदेशको सरकार गठन गर्नका लागि काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गृहकार्य गरिरहेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनले तीन (काँग्रेस, जसपा र लोसपा) दललाई मधेस सरकारको बारेमा छलफल गर्ने जिम्मेवारी दिएको र सोही अनुसार गृहकार्य भइरहेको बताए ।
‘मधेस प्रदेश सरकारलगायत अन्य प्रदेशमा गठबन्धनअनुसार कसरी सरकार गठन गर्ने विषयमा छलफल हुन्छ । सम्भवतः सोमवार एउटा निष्कर्षमा पुगिएला कि ?’ उनले भने, ‘वर्तमान गठन्धनअनुसार प्रदेश सरकारको नेतृत्व पाँचवटा दलले मिलेर गर्नेछन् । सम्भव भयो भने अन्य दललाई पनि समावेश गरिनेछ ।’
मधेस प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई सकभर नहटाउने सहमति भएको छ । गठबन्धनको हित विपरीत उसले काम गरेको छ । तर छलफल गरी समझदारीमा अगाडि बढ्ने कुरा भएको उनले बताए ।
मधेस प्रदेश सरकारको नेतृत्वका लागि काँग्रेस, जसपा र लोसपाले दावी गरेका छन् । यी तीनै मिलेर त्यसको समाधान गरेर मधेस प्रदेशको सरकार चाँडै गठन गर्न गठबन्धनले म्याण्डेट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण