एनआरएनएको १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकमा सम्पन्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न भएको छ । मे ५ देखि ३ दिनसम्म चलेको सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
सम्मेलनमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एन पी) साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा माओवादीका नेता खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो ।
सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरुबीच स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भएको संघले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएन बिचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रबर्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत छलफल भएको प्रेस नोटमा उल्लेख छ । सम्मेलनमा विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण