बजेटका लागि अर्थतन्त्रको धरातल हेर्न पूर्वअर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण गर्दै गरेको सरकारलाई मुलुकको वर्तमान आर्थिक धरातल हेर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०–८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै बजेटको सिद्धान्त र प्राथमिकता मुलुकको अर्थतन्त्रको वास्तविकतामा आधारित हुनुपर्ने उनले बताए ।
‘अहिलेको मुलुकको अर्थतन्त्रको वास्तविकता के हो ? यसका पछाडिका चुनौतीहरु के–के हुन् । सरकारले यसलाई ख्याल गर्न आवश्यक छ । केही दिनअघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको आर्थिक वर्षको आर्थिक वृद्धिदरले राम्रो संकेत गरेको छैन । आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको छ’ पौडेलले भने ।
यति मात्र नभएर वर्तमान आर्थिक सूचकहरु नकारात्मक भएको भन्दै पौडेलले यसको उपचारमा सरकारको सिद्धान्त र प्राथमिकता चुकेको उनले आरोप लगाए ।
चालू आर्थिक वर्षको बजेट, मौद्रिक नीतिले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशतको महत्वकांक्षी लक्ष्य लिएपनि तथ्याङ्कले २.१६ प्रतिशत मात्र हुने देखाएकाले यस्तो हचुवाको प्रक्षेपण नगर्न पनि पौडेलले सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण