बजेटका लागि अर्थतन्त्रको धरातल हेर्न पूर्वअर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण गर्दै गरेको सरकारलाई मुलुकको वर्तमान आर्थिक धरातल हेर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०–८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै बजेटको सिद्धान्त र प्राथमिकता मुलुकको अर्थतन्त्रको वास्तविकतामा आधारित हुनुपर्ने उनले बताए ।
‘अहिलेको मुलुकको अर्थतन्त्रको वास्तविकता के हो ? यसका पछाडिका चुनौतीहरु के–के हुन् । सरकारले यसलाई ख्याल गर्न आवश्यक छ । केही दिनअघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको आर्थिक वर्षको आर्थिक वृद्धिदरले राम्रो संकेत गरेको छैन । आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको छ’ पौडेलले भने ।
यति मात्र नभएर वर्तमान आर्थिक सूचकहरु नकारात्मक भएको भन्दै पौडेलले यसको उपचारमा सरकारको सिद्धान्त र प्राथमिकता चुकेको उनले आरोप लगाए ।
चालू आर्थिक वर्षको बजेट, मौद्रिक नीतिले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशतको महत्वकांक्षी लक्ष्य लिएपनि तथ्याङ्कले २.१६ प्रतिशत मात्र हुने देखाएकाले यस्तो हचुवाको प्रक्षेपण नगर्न पनि पौडेलले सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट