आलिशानमा कन्सर्ट गर्दै यशकुमार
काठमाडौँ । गायक तथा अभिनेता यश कुमारले काठमाडौँमा कन्सट गर्ने भएका छन् । उनले बुधबार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । साँझ आयोजना हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना दर्जन गीत गाउनेछन् । कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ..., तिम्रो मन बदलिएछ..., बिरानो यो मन्दिरमा..., हिजो अर्कैसँग देखेँ..., म आफ्नै आँगनमा इनार बनाउँछु..., तिमीलाई कुनै पल...लगायत आफ्नो चर्चित गीतहरु गाउने आलिशानका सञ्चालक राम थापाले जानकारी दिए ।
कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ । त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन् । यशकुमारले नयाँ गति ‘गल्ली’ केही महिना अगाडि सार्वजनिक गरेका थिए । गीतमा उनलाई मेचु धिमालले साथ दिएकी थिइन् । शब्द तथा संगीत समेत उनकै रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका थिए । भिडियोमा रेश्मा घिमिरे र आइशु बराइलीलगायत कलाकारको अभिनय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण