देशका ९ स्थानमा सांगीतिक टुर गर्दै र्यापर साकार
काठमाडौँ । युवापुस्ता माझ रुचाइएका र्यापर साकार अधिकारीले देशका ९ प्रमुख सहरमा सांगीतिक टुर गर्ने भएको छ । उनको व्यवस्थापन कम्पनी पीभीइ नेटवर्कले सामाजिक सञ्जालमार्फत टुरको औपचारिक जानकारी दिएको हो । नौ शहर भने अहिले सार्वजनिक गरिएको छ । पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा पनि सांगीतिक भ्रमण गर्नेछन् । विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले सम्पुर्ण टुरको ब्यवस्थापन गर्नेछ । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।
लिटिल बुद्धका रुपमा समेत परिचित साकारको छिट्टै नयाँ एल्बम समेत दर्शक माझ आउँदैछ । उनको एल्बम आगामी जुनको पहिलो साता सार्वजनिक हुनेछ । उनको देशको नौ शहरको टुर पनि जुनमै आयोजना हुनेछ । साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण