नवनिर्वाचित सभापति राईद्वारा शपथ
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिएका हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राईले आजै पदबहाली गरेकी छन् ।
पदबहालीपछि कुराकानी गर्दै उनले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, “समितिमा प्रवेश पाएका विधेयकलाई समृृद्ध तुल्याएर यथाशक्य छिटो निकर्षमा पुर्याइनेछ, समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ ।” समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड–१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन् ।
यसअघि उक्त समितिका सभापतिका रुपमा पर्शुराम मेघी गुरुङ र डा वेदुराम भुसालले काम गरेका थिए । डा.भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएसँगै सभापति पद रिक्त थियो । उक्त समितिको समितिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण