मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग भयो : मानवअधिकार एलाइन्स

काठमाडौँ । मानवअधिकार एलाइन्सले नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग भएको बताएको छ । यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही एलाइन्सले माग गरेको हो ।
अध्यक्ष मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका आपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो ।‘
साथै आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानबिन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष एलाइन्सले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल
-
‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’