बजेटका लागि सांसद शर्माले दिए अर्थमन्त्रीलाई ९ सुझाव
काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बजेट निर्माण गर्दै गरेका अर्थमन्त्रीलाई ९ वटा सुझाव दिएका छन् ।
संसदमा आइतबारदेखि जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका आयोजनाहरु नसमेट्नेदेखि बेरुजुको समस्या हल गर्नेसम्मको सुझाव अर्थमन्त्रीलाई दिएका छन् ।
यस्ता छन् शर्माका सुझावहरु :
१. राष्ट्र बैंकको समन्वयनमा मौद्रिक नीतिमार्फत बैंक र व्यवसायीबीच तनावपूर्ण ब्याजदरको समस्या हल गर्नुपर्ने
२. आन्तरिक र बाह्य ऋणको डेफ्ट ट्यापमा पर्न नदिई मितव्ययी ढंगले बजेटको निर्माण गरिनुपर्ने
३. अनुत्पादक र फजुल खर्चको क्षेत्रको पहिचान गरेर खर्च कटौती गर्नुपर्ने÷लहडका भरमा कुनैपनि परियोजना अघि सार्न नहुने
४. बजेटको आकार घटाएर भन्दा पुँजीगत खर्च गर्न सकिने गरी कानुन नीति तथा रणनीति बनाउनुपर्ने
५. व्यापार घाटा क्रमशः न्यूनीकरण गर्दै जान विद्युतको उत्पादन, खपत र निर्यातलाई प्राथमिकता दिनुपर्ने
६. खाद्यान्नमा आत्मनिर्भर हुन प्रेरित गर्ने गरी युवालाई कृषि उत्पादनमा जोड्न योजना ल्याउनुपर्ने
७. बेरुजु चुवावट नियन्त्रण र भ्रष्टाचारमा कडाई
८. निजी क्षेत्रको समन्वयनमा तत्काल कार्यान्वयन गर्नुपर्ने खारेज, सुधार वा नयाँ कार्यान्वयन गर्नुपर्ने, करिब दुई दर्जन ऐनहरुको ओम्निबस आर्थिक प्याकेजहरु ल्याउने गृहकार्य शुरु गर्नुपर्ने
९. सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन अध्ययन गरी उपादेयता नदेखिएका सार्वजनिक संस्थान र विभागहरुको खारेजी प्रक्रिया अघि बढाउनुपर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण