नाम र चुनाव चिह्न परिवर्तनको तयारीमा कमल थापा नेतृत्वको राप्रपा नेपाल
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले नाम र चुनाव चिह्न परिवर्तन गर्ने तयारी थालेको छ । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी केन्द्रीय समिति बैठकमा पार्टीको नाम, चुनाव चिह्न , सैद्धान्तिक वैचारिक पक्ष र भावी रणनीतिका विषयमा खुलेर छलफल हुने जानकारी दिए ।
उनका अनुसार राप्रपा नेपालले आगामी ज्येष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितिको बैठक काठमाडौँमा बोलाएको छ ।
त्यसका लागि सचिवालयको बैठकले एजेन्डाहरू समेत तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरू भास्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन पेस गर्नेछन् ।
यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ। जनवर्गीय संगठन प्रमुखहरूले ६ महिने कार्य योजना समेत बैठकमा प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण