२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो सेडुल
काठमाडौंँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज पोखराको संयुक्त निर्माण रहेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ छायांकनको पहिलो सेडुल सकिएको छ । क्यामरा अन गरेको २५ औं दिनमा सिरिजको पहिलो सेडुल सकिएको हो । ‘ब्रह्माण्ड’ ८ एपीसोडको हुनेछ र यसको फुल लेन्थ ८ घण्टाको हुनेछ । सिरीजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ । सन्जय ढुङ्गाना र सुप्रज्ञा शर्माले यस सिरीजबाट अभिनयमा डेव्यु गर्दैछन् ।
रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ‘ब्रह्माण्ड’ को छायांकार पुरुषोत्तम प्रधान, प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् । ‘ब्रह्माण्ड’ लाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लेटफर्ममा रिलिज गरिनेछ । पछिल्लो समय दर्शकहरुको टेस्ट र ओटीटीका सिरीजहरु प्रतिको आकर्षणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डको सिरीज बनाइएको निर्देशक रियाज नाटककारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण