सांसद रामहरि खतिवडाको प्रश्न : घर बनाएका भूकम्प पीडितलाई पैसा दिएको खै ?
बुधबार, २७ वैशाख २०८०, १३ : २०
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताहरुले घर बनाउन पहिलो र दोश्रो किस्ताको रकम पाएपनि तेश्रो किस्ताको रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने–‘वर्षातको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ । घर निर्माण भइसके तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिएको छैन । त्यो यथाशीघ्र यहि महिना अथवा यही आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी भूकम्प पीडितहरुलाई उपलब्ध गराओस् भनेर अनुरोध गर्न चाहन्छु ।’
उनले सरकारले थप एक लाख दिने भनेपनि त्यो रकम अहिलेसम्म नगएकोले सरकारको ध्यानाकर्षण गराए । यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्दै कोही निर्दोष नफस्ने अवस्था सिर्जना गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण