शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा रु १०० बोनस

बुधबार, २७ वैशाख २०८०, १७ : ५०
बुधबार, २७ वैशाख २०८०

काठमाडौं। ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् ।
आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई रु ५० बोनस दिँदै आएकोमा सो बोनस रकम बढाइ रु १०० दिने निर्णय गरिएको हो ।

अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप