भ्रष्टाचारविरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी सङ्गठनको प्रदर्शन
काठमाडौँ । सत्तारुढ गठबन्धनका विद्यार्थी सङ्गठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँको भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् । उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठुला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढङ्गले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शनमा आएको बताइन् । उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताइन् ।
प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए । उनले यो घटनाको कुनै पनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे
सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण