कबवेब ब्यान्डका गायक सञ्जयले गरे विवाह
बिहीबार, २८ वैशाख २०८०, १४ : ०७
कबवेब ब्यान्डका गायक सञ्जय अर्यालले विवाह गरेका छन् । प्रेमिका आर्शिया श्रेष्ठसँग उनी आज (बिहीबार) विवाह बन्धनमा बाँधिएका हुन् ।
सञ्जय र आर्शिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए । सञ्जयको इन्स्टाग्राम अकाउन्टमा यी दुईका केही तस्बिर देख्न सकिन्छ ।
आर्शिया डिजिटल आर्टिस्ट हुन् । रकहेड्स ब्यान्डको रङ्ग भन्ने गीतको म्युजिक भिडियोमा आर्शियाले डिजिटल आर्ट, मोसन ग्राफिक्स गरेकी छिन् । यो गीत निकै चर्चित छ । सञ्जय रकहेड्स ब्यान्डका समेत गायक हुन् ।
कबवेब ब्यान्डमा दुई जना गायक छन् । दीपेश मुल्मी कबवेब ब्यान्डको संस्थापक हुनुका साथै गायक हुन् भने सञ्जय केही वर्ष अघि यो ब्यान्डमा आबद्ध भएका हुन् ।

सञ्जय कबवेब ब्यान्डका सदस्यसँग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण