शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नाकको प्वालमा लुकाएर भारतबाट लागुऔषध तस्कर गर्ने एक जना प्रहरी नियन्त्रणमा

शुक्रबार, २९ वैशाख २०८०, १२ : १८
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ ।  नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दियाको बढैयाताल–८ कण्ठपुरबाट गुलरिया नगरपालिका बस्ने बब्लु राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनको साथबाट नाकको प्वालमा सेतो प्लास्टिकको पुडियामा राखिएको २८० ग्राम खैरो रङको ब्राउन सुगर जस्तो  देखिने धुलो पदार्थ बरामद गरिएको छ । 

राढलाई बिहीबार बर्दिया जिल्ला अदालतमा पेस गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप