जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा अपांग भएकालाई घरमै गएर नागरिकता वितरण
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले शुक्रबार अपांग भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो ।
थापाले घरमै नागरिकता पाएकोमा खुसी व्यक्त गरिन् । अपांग भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए ।
निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए । अधिकृत थापाका अनुसार रोशनीले नागरिकताका लागि प्रशासनमा निवेदन दिएकी थिइन् ।
‘हामीले उहाँको सहजताका लागि भएपनि उहाँको घरमै आएर राज्यबाट पाइने नागरिकता सेवा दिएका हौँ,’ नागरिकता वितरणपछि अधिकृत थापाले भने ।
रोशनी जन्मजात नै अपांग हुन् । लामो समयसम्म उपचार गर्दा पनि राम्राे नभएको रोशनीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण