सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वीच भलिबलको सेमिफाइनल समीकरण पूरा

शुक्रबार, २९ वैशाख २०८०, १९ : ५७
शुक्रबार, २९ वैशाख २०८०

तानसेन । पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । रानीमहल परिसरमा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।

लिगकम नकआउटका आधारमा सञ्चालित उक्त प्रतियोगिताको शुक्रबार भएको समूहगत चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी क्लब विजयी बन्यो । दोस्रो खेलमा आयोजक पाल्पाले बागमती प्रदेशलाई २१–१४ र २१–११ तथा तेस्रो खेलमा एपीएफले मधेस प्रदेशलाई २१–१२ र २१–१० अंकको सोझो सेटमा पाखा लगायो ।

समूहगत चरणको अन्तिम खेलमा पुलिसले कर्णाली प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हराएको थियो । शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेमा कर्णालीले गण्डकीलाई २१–१७ र २१–१४ अंक तथा एपीएफले लुम्बिनी प्रदेशलाई २१–१० र २१–१२ अंकले पाखा लगाए ।

अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले आयोजक पाल्पामाथि २१–९ र २१–१५ अंकको जित निकाल्यो । फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।  

यसैगरी उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।  चौथो हुने टोलीले सानत्वना पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा बिहीबारबाट सञ्चालन भएको उक्त प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय क्लब र आयोजक गरी कूल १० टोलीको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप