‘तै मायाको’ मा सुनिल र एलिशाको रोमान्स
शनिबार, ३० वैशाख २०८०, ०९ : ०६
काठमाडौँ । गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाका’ गीतको भिडियो रिलिज गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत छ, भने एरेन्ज रिकेश गुरुङले गरेका छन् ।
डान्सिङ शैलीमा तयार छमछम नचाउने गीतको भिडियोमा एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्मा मुख्य भूमिकामा छन् ।
दुर्गा पौडेलको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो सुनिल क्षेत्रीले नै निर्देशन गरेका हुन् । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो लगायतका दर्जन बढी गीतहरू बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण