कोहलपुरमा नदीमा डुबेर युवकको मृत्यु
शनिबार, ३० वैशाख २०८०, १५ : ४४
बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए ।
उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
-
इरानद्वारा बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण
-
४ वर्षपछि घरेलु मैदानमा वेस्टइन्डिजको ऐतिहासिक जित
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण