कर्णाली करिडोर एक हप्ता बन्द हुने
कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।
जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए । “खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो”, उनले भने, “करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।”
सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण