उपाधि नजिक पुगेको पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल
काठमाडौं । जारी सिजनको फ्रेन्च लिग उपाधितर्फ अगाडि बढिरहेको पेरिस सेन्ट जर्मन (पीएसजी)ले शनिबार राति खेलिएको खेलमा एजासियोमाथि ५—० गोलको सजिलो जित हासिल गरेको छ । जितसँगै पीएसजीले आफ्नो उपाधि यात्रालाई थप सहज बनाएको छ ।
पीएसजीको सजिलो जितमा फ्रान्सेली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी केलियन एमबाप्पेले २ गोलको योगदान गरे । खेल सुरु भएको २२औं मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३३औं मिनेटमा अचरफ हकिमीले गोल गरेपछि पहिलो हाफमै पीएसजी २—० ले अगाडि बढेको थियो । दोस्रो हाफमा एमबाप्पेले ८ मिनेटको बीचमा लगातार २ गोल थप्दै टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए ।
एमबाप्पेले ४७औं मिनेटमा ब्यक्तिगत रुपमा पहिलो र ५४औं मिनेटमा दोस्रो गोल गरेका थिए । एउटा गोल भने एजासियोको खेलाडीबाट आत्मघाति रुपमा भएको थियो । खेलको ७३औं मिनेटमा मोहमद युसुफबाट आत्मघाति गोल भएको हो ।
खेलको अन्त्यतिर दुबै टोली १०÷१० खेलाडीमा समेटिएका थिए । ७७औं मिनेटमा पीएसजीका अचरफ हकिमीले र ८०औं मिनेटमा थोमस मन्गानीले गलत खेल खेलेका कारण रेफ्रीबाट रातो कार्ड पाएका थिए ।
हालसम्म ३५ खेल खेलेको पीएसजी ८१ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट ७५ अंक जोडेको लेन्स दोस्रो स्थानमा आसिन छ । समान खेलबाट २३ अंक जोडेको तालिकाको १८औं स्थान अर्थात रेलिगेसन क्षेत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण