मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि नजिक पुगेको पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल

आइतबार, ३१ वैशाख २०८०, ०७ : १७
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । जारी सिजनको फ्रेन्च लिग उपाधितर्फ अगाडि बढिरहेको पेरिस सेन्ट जर्मन (पीएसजी)ले शनिबार राति खेलिएको खेलमा एजासियोमाथि ५—० गोलको सजिलो जित हासिल गरेको छ । जितसँगै पीएसजीले आफ्नो उपाधि यात्रालाई थप सहज बनाएको छ ।

पीएसजीको सजिलो जितमा फ्रान्सेली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी केलियन एमबाप्पेले २ गोलको योगदान गरे । खेल सुरु भएको २२औं मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३३औं मिनेटमा अचरफ हकिमीले गोल गरेपछि पहिलो हाफमै पीएसजी २—० ले अगाडि बढेको थियो । दोस्रो हाफमा एमबाप्पेले ८ मिनेटको बीचमा लगातार २ गोल थप्दै टोलीलाई बलियो स्थितिमा पु¥याएका थिए ।

एमबाप्पेले ४७औं मिनेटमा ब्यक्तिगत रुपमा पहिलो र ५४औं मिनेटमा दोस्रो गोल गरेका थिए । एउटा गोल भने एजासियोको खेलाडीबाट आत्मघाति रुपमा भएको थियो । खेलको ७३औं मिनेटमा मोहमद युसुफबाट आत्मघाति गोल भएको हो ।

खेलको अन्त्यतिर दुबै टोली १०÷१० खेलाडीमा समेटिएका थिए । ७७औं मिनेटमा पीएसजीका अचरफ हकिमीले र ८०औं मिनेटमा थोमस मन्गानीले गलत खेल खेलेका कारण रेफ्रीबाट रातो कार्ड पाएका थिए ।

हालसम्म ३५ खेल खेलेको पीएसजी ८१ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट ७५ अंक जोडेको लेन्स दोस्रो स्थानमा आसिन छ । समान खेलबाट २३ अंक जोडेको तालिकाको १८औं स्थान अर्थात रेलिगेसन क्षेत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप