मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख ६८ हजारले बढ्यो, २ खर्ब ७ अर्बको कारोबार
काठमाडौँ । अघिल्लो महिना करिब ५ लाख हाराहारीमा घटेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो फागुनको तुलनामा चैत महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या ३ लाख ६८ हजार ७६४ ले बढेको हो ।
फागुन मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या २ करोड ६५ हजार २६७ रहेको थियो । तर, चैतमसान्तसम्म आइपुग्दा यस्तो सङ्ख्या बढेर २ करोड ४ लाख ३४ हजार ३१ पुगेको छ ।
समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको छ । अघिल्लो महिना फागुनमा यस्तो ट्रान्जेक्सन १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयँ हारहारी भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या १७ लाख ९८ हजार ८६६ पुगेको छ भने यस्तो प्रयोगकर्ताहरुबाट चैतमा १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो महिना इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समीक्षा अवधिमा डेबिट÷क्रेडिट कार्डमार्फत क्रमशः ८६ अर्ब ४५ करोड १० लाख र १५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ भने भुक्तानीको साधन कनेक्ट–आइपीएस मार्फत ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण