नेपाल बनाउने हो भने ५ हजार पिएचडी होल्डरलाई यहीँ रोकौँ : दीपकबहादुर सिंह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले भने– ‘हाम्रो देशमा ९ वटा विश्वविद्यालयहरू छन् । त्यो विश्वविद्यालयबाट ६ वर्ष भयो एउटा पनि पेटेन्ट फाइल दर्ता गर्न सकेको छैन । विश्वविद्यालयबाट अहिलेसम्म पिएचडी उत्तीर्ण गर्ने ५ हजार जना छन् । आज पेटेन्ट दर्ता गर्नेमा चीन १५ लाख, अमेरिका ५ लाख, जापान २ लाख, भारत ३० हजार र नेपाल जम्मा ७० ओटा छ । नेपाले गएको ६ वर्षदेखि हालसम्म एउटा पनि पेटेन्ट अधिकार दर्ता गरेको छैन । हाम्रो देशको ब्रेन ड्रेन भएर विदेश गइरहेको छ । त्यो ब्रेन नेपाल नै बनाउनका लागि रोक्नुपर्ने बेला आएको छ । अहिलेको बजेटमा शिक्षा क्षेत्रमा बजेट ७० अरब रुपैयाँको बजेट छ । त्यो अनुभवी ब्रेनलाई यो देश बनाउन किन नराख्ने ?’
उनले ती जनशक्तिलाई सशक्त बनाएर नेपालमै राख्न किन बजेट नबनाउने भन्दै प्रश्न समेत गरेका छन् । यदि देशको उन्नति प्रगति गर्ने हो भने ५ हजार पिएचडी होल्डरहरूलाई नेपालमै रोक्नुपर्ने आवश्यकता रहेको सांसद सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण