बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ३ अङ्कले घट्यो, ७२ करोड ४९ लाखको मात्र कारोबार

सोमबार, ०१ जेठ २०८०, १५ : २४
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ३.३४ अङ्कले घटेर १ हजार ८१८.३१ अङ्कको विन्दुमा झरेको छ । अघिल्लो दिन १६.९६ अङ्कले घट्दै नेप्से सूचक १ हजार ८२१.६४ अङ्कको विन्दुमा अडिएको थियो । 

आज सेन्सेटिभ इन्डेक्ससमेत ०.५७ अङ्कले घट्दै ३४९.०१ अङ्कको विन्दुमा झरेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । ३ अङ्कले घटेको बजारमा आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ९.८८ प्रतिशतले कमाएका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरूले ६.४५ प्रतिशतले गुमाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप