नेप्से सूचक ३ अङ्कले घट्यो, ७२ करोड ४९ लाखको मात्र कारोबार
सोमबार, ०१ जेठ २०८०, १५ : २४
काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ३.३४ अङ्कले घटेर १ हजार ८१८.३१ अङ्कको विन्दुमा झरेको छ । अघिल्लो दिन १६.९६ अङ्कले घट्दै नेप्से सूचक १ हजार ८२१.६४ अङ्कको विन्दुमा अडिएको थियो ।
आज सेन्सेटिभ इन्डेक्ससमेत ०.५७ अङ्कले घट्दै ३४९.०१ अङ्कको विन्दुमा झरेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । ३ अङ्कले घटेको बजारमा आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ९.८८ प्रतिशतले कमाएका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरूले ६.४५ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण