सुनिलले ल्याए ‘झुम्कावाली’
सोमबार, ०१ जेठ २०८०, १७ : २८
काठमाडौँ । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा नृत्य समूह भीमफेदी गाईजको सामूहिक नृत्यसँगै मोडल आभा थापाको पनि अभिनय छ ।
गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत संयोजन, पवन सुस्लिङको छायाङ्कन तथा सम्पादन छ । भीमफेदी गाईजका निर्मलकुमार लामाको निर्देशन रहेको भिडियोमा अस्ट्रेलियाको छायाङ्कन राजीव बस्नेतले गरेका हुन् ।
भिडियोमा भीमफेदी गाईजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको गायक कटवालले बताए । उनले भने,‘झुम्कावालीले दर्शक श्रोताको मन जित्नेमा विश्वस्त छु ।’ गायक कटुवालको ‘कपुरी क’, ‘ताराबाजी लै लै’, ‘मुखैमा राम–राम’, ‘केटो अलि कमाउने होस’, ‘डाँडा कटौला’ लगायतका गीतहरू चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण