पूर्वराष्ट्रसेवक कर्मचारीहरूको अनुभवलाई राज्यले उपयोग गर्नुपर्छ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्वराष्ट्रसेवक कर्मचारीहरूको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताएका छन् ।
सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘पूर्व प्रशासकको रुपमा तपाईँहरूले हासिल गरेको विवेक, क्षमता र अनुभवलाई राज्यले कुनै न कुनै रुपमा उपयोग गर्नुपर्छ’ उनले भने, ‘राष्ट्रको सेवा गर्ने क्रममा तपाईँहरूले हासिल गर्नुभएको अनुभव राज्यका लागि सम्पत्ति हो, त्यसको राज्यले उपयोग गर्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।’
मन्त्री मोदीले जनताको सेवा नै सबैको प्राथमिकता रहेको बताए । सेवा निवृत्त राष्ट्र सेवकहरुलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने विश्वास व्यक्त गरे । यसअघि बजेट भाषणमा समेत समाविष्ट भएको रासन कार्ड लागू गर्ने सन्दर्भमा पनि आवश्यक छलफल गरेर कार्यान्वयनको प्रक्रिया थाल्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो