नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्याङ्जाको अर्जुनचौपारीस्थित नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरे।
- थापाले मन्दिर निर्माणको परिकल्पना र स्थानीयको श्रमदानको प्रशंसा गर्दै यसको संरक्षणमा जोड दिए।
- दर्शनमा कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो, त्यसपछि उनी सिरुवारी होमस्टे गए।
स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री एवं सङ्घीय सांसद गगनकुमार थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका छन् । स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटनको क्रममा स्याङ्जा पुगेका महामन्त्री थापाले सम्मेलन सकेर नजिकै रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका हुन् ।
मन्दिरका विधिवत् पूजा गर्दै महामन्त्री थापाले नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गर्न सफल भएकोमा पालिका अध्यक्ष प्रकाश तिवारीलाई बधाई समेत ज्ञापन गरे ।
स्थानीयहरूको श्रमदानबाट यत्रो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ थियो ।
थापासँगै नवग्रह मन्दिरको दर्शनमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं सङ्घीय सांसद राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख लगायतका व्यक्तिहरू सहभागी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए ।
नवग्रह मन्दिरको दर्शनपछि महामन्त्री थापा दक्षिण एसियाकै पहिलो होमस्टे सिरुवारी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण